स्रोत-एभरेष्ट दैनिक>>>काठमाण्डौ, भदौ २३। राप्रपा नेपालले संविधान सभा छोड्ने तयारी गरेको छ । आफूलाई स्पेश नदिएको र ठूला दलले एकलौटी गरेको भन्दै राप्रपा नेपालले संविधानसभाबाट तयारी गरेको हो । संविधानसभाबाट बाहिरिने कि नबाहिरिने भनेर राप्रपा नेपालले बुधवार निर्णय गर्ने प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिए । बुधवार बिहान केन्द्रीय कार्यसमितिको बैठक बसेर यसबारे निर्णय लिइने राप्रपा नेपालले जनाएकोछ ।
संविधानसभा बैठकमा अध्यक्ष कमल थापाले तीन दलको अकर्मण्ड्यता र अदूरदर्शिताका कारण मुलुक जलिरहेको भन्दै यस्तो संविधानसभामा बसिहरनुको औचित्य छैन भनेर आफूलाई केन्द्रीय समितिमा दवाव परेको बताए । उनले बुधवार यसबारे निर्णय गर्ने पनि स्पष्ट पारे ।
राप्रपा नेपालले संविधानसभाबाट बाहिरिन सक्ने बताएपछि काँग्रेस र एमाओवादीले राप्रपा नेपाललाई फकाउने प्रयास थालेका छन् । एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच मंगलवार संविधानसभा भवन नयाँ बानेश्वरमै भेटवार्ता भएको छ । प्रचण्डले आवेशमा आएर संविधानसभा नछोड्न आग्रह गरेका छन् । ‘मुलुकमा लागेको आगो निभाउन सबै मिल्नुको विकल्प छैन । पहिले राष्ट्र जोगाउँ ।’ प्रचण्डले थापालाई भनेको कुरा सुनाउँदै गिरीले भने ।
तर थापाले अब ढिलो भैसकेको जवाफ दिएका छन् । ‘ हाम्रो पार्टीले ९४ प्रतिशत जनताको मुद्धा बोकेका छौं तर तीन दलले स्पेश नै दिएका छैनन र नदिनुको कारण पनि भनेका छैनन ।’ थापाको भनाई उधृत गर्दै गिरीले भने।
यस्तै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि आवेशमा आएर संविधानसभा छोड्ने निर्णयमा नपुग्न थापालाई आग्रह गरेका छन् । पौडेलले हिन्दु राष्ट्रका बारेमा आफूहरु सकारात्मक हुँदाहुँदै पनि स्पेस दिन नसकेको भन्दै आफूहरुको समस्या बुझिदिन आग्रह गरेका थिए । ‘हाम्रो समस्या पनि बुझिदिनुस्, पौडेलको भनाई उधृत गर्दै गिरीले भने, आउनुस्, हामीहरु मिलेरै समयाको समाधान गर्ने हो ।’ ै संविधानसभा छोड्ने नछोड्ने निर्णयमा पुग्नु अघि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष के पी ओलीसँग पनि भेटघाट गर्ने राप्रपा नेपालको तयारी छ ।

No comments:
Post a Comment