Monday, 28 September 2015

केबुल व्यवसायीहरुले भोली बिहान १० बजेदेखि हिन्दी च्यानलहरु बन्द गर्ने...!!!

स्रोत-एभरेष्ट दैनिक>>>काठमाडौं, आसोज ११ । नेपालमा सञ्चालित केवुल टेभिजनहरुले मंगलबार बिहान १० बजेदेखि भारतीय भाषाका न्यूज र मनोरञ्जनका सम्पूर्ण च्यानल बन्द गर्ने भएका छन् । भारतले नाकाबन्दी लगाएको जनाउँदै विप्लव माओवादीले गरेको आव्हान, दबाब र राष्ट्रियताका पक्षमा उनीहरुले भारतीय च्यानलका न्यूज तथा मनोरञ्जानात्मक कार्यक्रमहरु बन्द गर्ने निर्णय केबुल व्यवसायीहरुले गरेका हुन् ।

नेपालमा भारतीय च्यानल सहित विभिन्न भाषाका ३ सय ६५ केवुल सञ्चालनमा छन् । केवुल व्यवसायीहरुको ११ वटा संघ रहेका छन् । सबै संघले राष्ट्रियताका पक्षमा भारतीय च्यानलहरु बन्द गर्ने निर्णय गरेका हुन । ‘भोली १० बजेदेखि अर्को सूचना नआउँदासम्म भारतीय च्यानल बन्द गर्ने मौखिक निर्णय भइसकेको छ । भोली विहान १० बजेदेखि भारतीय न्यूज र सम्पूर्ण मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द हुन्छन’, नेपाल केबुल टिभी महासंघका अध्यक्ष सुधीर पराजुलीले एभरेष्टदैनिक डटकमसँग भने ।

पराजुलीले भने– ‘विप्लव माओवादीको आव्हान, दबाब र राष्ट्रियताका लागि भारतीय च्यानल बन्द गर्नेमा हामी सबै व्यवसायी एक ठाउँ भएका छौं । भोली १० बजेदेखि अर्को सूचना नआउँदासम्म सम्पूर्ण भारतीय च्यानलहरु बन्द गर्ने हामी व्यवसायीले मौखिक निर्णय गरिसकेका छौं ।’

No comments:

Post a Comment