Wednesday, 23 September 2015

यदि अमेरिकाले भारतको संविधानमा संशोधन गर भने भारतले मान्छ ?

स्रोत-एभरेष्ट दैनिक>>>काठमाडौं असौज ६ । भारतले नेपालको संविधानमा ७ वटा बुँदामा संशोधन दिएपछि त्यसले नेपाल र भारतमा ठूलो तरङ्ग ल्याएको छ । सार्वभौम देशको संविधानमा छिमेकी देशले “यो राख र यो नराख” भन्नु सोझो हस्तक्षेप भएको भन्दै विश्वव्यापीरुपमा भारतको आलोचना भएको छ ।
नेपालमा सामाजिक सञ्जालहरुमा भारतीय सुझावलाई ठाडो हस्तक्षेप भन्दै चर्को आलोचना भएको छ भने भारतीय जनताले समेत मोदी सरकारको यो सुझावलाई स्वतन्त्र देशमाथिको हस्तक्षेपकारी कदम भएको भन्दै बिरोध गरेका छन् ।

भारतीय पत्रिका नवभारत टाइम्सले ‘के तपाईले नेपालले आफनो संविधानमा भारतले भनेबमाजिके संशोधन गर्नुपर्छ त ?” भनेर पोष्ट गरेको समाचारमा भारतीय पाठकहरुले भारतीय नीति विस्तारवादी र हस्तक्षेपकारी भएको बताए ।
समाचार पोष्टमा किशोर सिर्सत लेख्छन्– भारतले नेपाल एउटा लोकसत्तात्मक राष्ट्र भएको कहिल्यै पनि बिर्सिनु हुँदैन । त्यसैले नेपालको राजनीतिक र संवैधानिक गतिविधिमा भारतले कुनै पनि प्रकारले दखल दिने चेष्टा गर्नु हुँदैन । यदि भविष्यमा अमेरिको हाम्रो राजनीतिक या संवैधानिक मामिलामा दखल दियो भने हामीलाई कस्तो लाग्ला । भारतलाई कुनै हक छैन ।

मुस्ताक अलिले लेखेका छन् – हामी को हौं र अर्काको मामिलामा दखल दिने ? भारतीय सरकार परिवर्तन चाहँदैन बरु ब्राम्हणवादी व्यवस्था चाहन्छ जुन दिल्लीबाट चलेको छ ।

एश कुमारले लेखेका छन– भारतले पहिला आफ्नो संविधानको बारेमा सोच्नुपर्दछ । भारत अहिले पनि अंग्रेजले छोडेका कानुनलाई नै भारतमा लागु गरिरहेको छ । यदि कुनै देशले समय अनुसार आफ्नो कानुनमा संशोधन गरेपछि मात्रै देशको विकास हुनसक्छ पुराना सडेगलेका कानुनबाट होइन ।

अजय शुक्ला लेख्छन्– पहिला आफ्नो कमजोरी सुधार, अर्काको कमजोरीमा के कमेन्ट गर्छौ ।

यी केही कमेन्ट मात्रै हुन, चर्को राष्ट्रियताको कुरा गर्ने भारतविरुद्ध भारतकै जनताले हमला बोलेका हुन । भारतीय प्रधानमन्त्री मोदी राष्ट्रिय हितको कुरा गर्न आज आयरल्याण्ड पुगेका छन् तर त्यही आयरल्याण्ड या अमेरिकाले भारतमा निर्देशन दिएर कानुन बनाउन भन्ने स्थितिमा भारतको प्रतिक्रिया कस्तो होला ?

मधेसको अशान्ति अन्त्य गर्ने नाममा भारतको हस्तक्षेपका नेपालका पत्रकार, कलाकार, लेखक, आम सर्वसाधारण, बुद्धिजीवि सबैले बिरोध गरेपछि राजनीतिक तहमा यसलाई कसरी लिइन्छ भने हेर्न बाँकी नै छ ।

No comments:

Post a Comment