स्रोत-दैनिक नेपाल>>>धनगढी, २९ भदौ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै भारतीय राजदूत रञ्जीत रेलाई फिर्ता पठाउन माग गर्दै सुदूरपश्चिममा प्रदर्शन गरिएको छ ।
कैलाली टुक्र्याउने र शीर्ष नेतालाई संविधानको प्रक्रिया स्थगत गर्न दबाब दिने राजदूत रे लाई तत्काल देश निकाला गर्न अखण्ड सुदूरपश्चिम पक्षधर र नेकपा एमाले निकट युवा संघले माग गरेको हो ।
युवा संघ नेपाल केन्द्रिय सचिब किरण पौडेलले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप र चलखेल गर्न खोजेको भन्दै तत्काल राजदूत फिर्ता पठाउन सरकार समक्ष माग गरे ।
युवा संघ नेपालको राष्ट्रिय एकता र सामाजिक सदभाव आभियान अन्तर्गत आज धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले ७ दशकदेखिको नेपाली जनताको चाहना बमोजिम संबिधान जारी हुने बेला भारतीय राजदूतले अनावश्यक चलखेल गरेकाले तत्काल स्वदेश फिर्ता पठाउन सरकारसँग जोडदार माग गरेका हुन् ।
उनले भने-‘संविधान बन्ने अन्तिम महत्वपूर्ण घडीमा आम नागरिकहरु ब्यग्रताका साथ खुशीयाली मनाउन र दिप प्रज्वलन गर्न आतुर रहेको अवस्थामा संबिधान जारी हुन नदिने तत्वहरुको पक्ष पोषण गर्दै जनहितबिरुद्ध भारतीय राजदूत अनावश्यक चलखेल गर्न थालेका छन, यस्तो परिस्थितीमा मुलुकको हित बिपरित गतिबिधी गर्ने बिदेशी दूतहरुलाई स्वदेश फिर्ता गरेका उदारहणहरु बिभिन्न राष्ट्रमा भेटिन्छन्, त्यसैले भारतीय राजदूत रन्जित रायलाई तत्काल स्वदेश फिर्ता पठाउन सरकार समक्ष जोडदार माग गर्छौ ।’

No comments:
Post a Comment