'यथास्थितीमा सरकारसँग वार्ता हुनै सक्दैन्'
स्रोत-दैनिक नेपाल>>>काठमाडौं, २५ भदौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले यथास्थितीमा सरकारसँग वार्ता हुनै नसक्ने टिप्पणी गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका यादवले तराईको नरसंहार नरोकेसम्म वार्ता नहुने स्पष्ट पारेका हुन् । शुक्रबार शीर्ष नेताहरुले वार्ताका लागि भन्दै दुई दिनलाई संविधान प्रक्रिया स्थगन गरेका छन् ।
तर, मधेसी मोर्चाका एक हिस्सेदार यादवले भने तीन दलले गरेको वार्ताको आव्हानलाई मजाक भन्दै कुनै हालतमा वार्ता नहुने बताएका हुन् । उनले सेना फिर्ता, विगतमा भएका सहमति कार्यान्वयन र संविधान निर्माणको प्रक्रियालाई दश दिन रोके मात्रै वार्तामा बस्ने शर्त दोहोर्याए ।
मधेशमा सरकार नरसंहारमा उत्रिएको उनको आरोप छ । शुक्रबार बिहान महोत्तरीको जलेश्वरमा सशस्त्र प्रहरीका असई थमनबहादुर विकलाई मधेसी मोर्चाका आन्दोलनकारीले लखेटीलखेटी मारेको घटनामा उनले आफूलाई दुःख लागेको बताए । ‘आन्दोलनकारी होस् वा सुरक्षाकर्मी, प्रहरी कसैको ज्यान जानु राम्रो होइन । मलाई यो घटनामा दुःख लागेको छ ।’


No comments:
Post a Comment