Friday, 18 September 2015

नयाँ संविधान सभ्य कि अराजक ?

नबोली बस्दा लाटो भन्छन । लाटो जीवन मरेतुल्य हुन्छ ।
लाटो भई वस्नुभन्दा बोलेर मृत्युवरण गर्नै जाती  :-
किरात भाषा-लिपि पुनरुत्थापक- त्ये-अङ्सी
सिरिजङ्गा दोश्रो ।
सो, सीधा कुरा, प्रस्ट विचार । पुरानै शत्ताका
मालिक अर्थात केन्द्रीकृत एकात्मक मनुवादी कांग्रेस-
एमाले२(ओली केपी, कोईराला र दाहाल) हरुले आश्विन ३,
बेलुका ५:०० बजे संख्यात्मक दम्भद्वारा पारित भई घोषणा
हुने "नेपालको संबिधान २०७२" को उपलक्ष्यमा आफ्ना सबै
दाश मनस्थितिका कार्यकर्ताहरुलाई घर-घरमा भव्य
दिपावली मनाउन अग्रिम निर्देशन गरेको छ । अन्य
सामाजिक अगुवा तथा नागरिकहरुलाई दीपावली
मनाउन आग्रह गरिएको छ । तितो सत्य, यहाँ आमूल
परिवर्तन गर्न, सबैको साझा संबिधान निर्माण भएको
शफलताको उपलक्षमा दिपावली मनाउन अपील गरिएको
हुँदै होइन । बरु, आफ्नो अशफल भईसकेको संगठन र पार्टीको
एजेंडालाई सफलतापुर्बक संबिधानसभाद्वारा नया
भनौदो संबिधानमै पुनर्स्थापित गर्न, वैधानिकता दिन
सकेकोमा चाहीं संबिधान घोषणाको दिनलाई जबर्जस्त
उल्लासमय बनाउनको लागि यो कार्यक्रम तय गरिएको
भने पक्का हो । किनकी, राजतन्त्र निर्मूलको सवालमा
बाहेक अहिलेको संबिधानको सार र रूप २०४७ सालको
भन्दा केहीमात्र फरक रहेको स्पस्ट देख्न, बुझ्न र महसूस गर्न
सकिन्छ । वास्तवमा, यो जीत सिंगो नेपाल र
नेपालीहरुको भन्दा नेपाली-नेपालीबिच वास्तविक
रुपमा भावनात्मक एकता भएको कहिल्यै हेर्न नचाहने
(फुटाऊ, शासन गर) त्यही अवसरवादी बिभेद्कारी शोषक-
शामन्त साशक र कमैय्या प्रथा राख्ने नेताहरुको मात्र
भएको छ । संबिधान निर्माणको बहानामा यसमा
दिईएको सार्बजनिक बिदा र सरकारी ढिकुटी खर्चेर
गरिने अनावश्यक तड़कभडकले यो कुरा प्रस्ट पारेको छ ।
समाधान हुन नसकेका गुनासो र निष्कर्ष,
१) देश रोईरहेको बेला, आन्दोलनरत पक्ष, अल्पमत र
आवाजबिहीनका न्यायसंगत मागलाई सम्बोधन गर्नुको
सट्टा निरंकुश दमनद्वारा गरीब नेपाली जनता(प्रहरी-आन्
दोलनकारी) आपसमा भिडाउने, नरसंहार गर्ने, जनताकै
छोरालाई जनताकै छोरामाथि छांती र टाउको छेदन
गर्न आदेश दिने सरकारले दीपावली र खुसियाली मनाउन
गरेको उर्दी कुन नैतिकता र मानवताको आधारमा गर्न
सकेको होला !!!? अहिलेको नया संबिधान बिभेदपूर्ण छ,
अन्यायपूर्ण तरिकाले जारी हुन लागेको छ, अर्को
युद्धको बिउ छर्दैछ भनेर थाह पाउंदा-पाउँदै कसरी
खुसियाली मान्न-मनाउन सकिन्छ !
२) के यहाँ कांग्रेस-एमाले-मावोबादीमात्र नेपाली
जनता हुन? संबिधान निर्माणको यो ऐतिहासिक
क्षणमा कमसेकम कांग्रेस-एमालेवोबदी इत्तरका जनता र
बिभिन्न पक्षसंग सहमति गरेका-भैसकेकामात्र होइन
अंतरिम संबिधानको धारा १३८ले निर्देशित गरे बमोजिम
जनताको आकन्क्षालाई सम्बोधन गर्दै उनिहरुको
सहभागिताको गारंटी गर्नु वर्तमान सरकारको कर्त्तव्य
थिएन र ?
३) न्यायसंगत आवाजलाई जातीय-साम्प्रदायिकताको
आरोप लगाउने एकै नश्ल र धार्मिक पृष्टभूमि भएका ओली,
कोइराला, दाहाल, देउवा, रावलमात्र रास्ट्रवादी,
देसभक्त नेपाली छोरा रे ! ल अब ईमानदार भएर विश्लेषण
गरौं के यो सरकार र नेतृत्व चाहीं नेपाली बीविधतालाई
सम्बोधन गर्ने प्रकृतिको छ ? उल्टो बुझ्दा त यो सरकार र
निर्णायक नेताहरु चाहीं वास्तवमै जातीयवादले
निर्देशित र ग्रस्त देखियो या देखिएन ? प्रस्ट छैन र ? अनि
उनिहरु पो समानता, सहअस्तित्व, मेलमिलाप, शान्ति र
सदभाव पक्षपाती रे !! किन दीनलाई रात भन्नु?
४) जनता र रास्ट्रियताको परिभाषा यही हो ? कमल
थापा(पहिलो जनान्दोलका दोषी तथा देशको मूल
कानुन अंतरिम संबिधान बिरुद्ध वकालत गर्ने), महाराज
कमलनयनाचार्य र आचार्य श्रीनिवासनहरुको लागि
मात्र हो वाक् स्वतन्त्रता र लोकतन्त्र ? होइन भने
संबिधानमा "धर्म निर्पेक्ष्यता"को अपब्याख्या किन ?
रास्ट्रीय जनावर संसोधन प्रस्ताव अस्वीकृत किन?
"गैंडा" नराख्नुमा त्यस्तो आकाशनै पल्टने कारण के थियो
र !!?
५) अहिलेकै संबिधान लागू भए पक्का, यहाँ धेरै दृश्य-अदृश्य
हिंश्रक, क्रोधी र मुखमा लगाम नभएका, कानून दिनदहाडै
मिच्ने कमलनयनाचार्य र आचार्य श्रीनिवासनहरु जन्मनेछन
। अनि भन्नेछन संबिधान जारी भएको भोलिदेखिनै सबै
चर्चहरु ध्वस्त गरिनेछ ! एक हातमा माला र अर्को हातमा
भाला ! फेरि उनिहरुनै पो शन्त-महन्त, महात्मा, ध्यानी र
ज्ञानी रे ! सरकारको बिशेष सुबिधा र सुरक्षापनि
उनीहरुलाईनै । धर्मको अर्थ "धर्मयुद्ध" भनी पारिभाषित
गर्ने उनिहरु पो सर्वज्ञानी रे !! वहाँहरुको
मुखराबिन्दबाट "चर्चहरु ध्वस्त" बनाउने प्रवचन के निस्केको
थियो । चर्चहरु पड्किए, देशका सुरक्षाकर्मी घाईते भए ।
तर, यहाँ सामाजिक सदभाव खल्बल्याएको आरोपमा
आङ्काजीहरु चाहीं गुंडा सैलीमा समातिन्छन । उता
कमल थापा, कमलनयनाचर्या, श्रीनिवासनहरु
स्वतन्त्रपुर्बक जहाँ-त्यहीं चर्न पाएकै छन । कस्तो राम्रो
पहुँच, समानता र सह-अस्तित्वको बिकाश यो नया नेपाल
र संबिधानको !!!? आहो !!
अनि फेरि पनि संबिधान घोषणाको अवसरमा
दीपावली र खुसियाली मनाउनु रे !! यस्तो अवस्थामा
खुसियाली मान्ने-मनाउने जनता हामी उबेलाको महान
नेता स्व. गणेशमान शिहंले भन्नुभए जस्तो मात्र रह्यौं ।
पुराना असफल नेताहरुप्रतिको हामी नेपालीको
अन्धभक्त र अन्धसाथले नेताहरु त उंभोको उंभो लागे । तर,
जतीसुकै ठूला कुरा गरेपनि जनता र देश चाहीं जहाँको
त्यहीं, जस्ताको त्यस्तै । दुःखद

वसन्त मेयाङबो,
 कन्काई नगरपालिका, झापा

No comments:

Post a Comment