Tuesday, 15 September 2015

रुपन्देहीमा गोली चल्यो, तीन जनाको मृत्यु Read more>>>

स्रोत-दैनिक नेपाल>>>रुपन्देही, २९ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारी र प्रहरीबीच रुपन्देहीमा झडप हुँदा तीन जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ रुपन्देहीको बेथरीमा भएको झडपमा परी गोनाहा ६ का ३५ वर्षका राजकुमार बराई, ३५ वर्षकै बिन्दु लाकोल र १४ वर्षकी रञ्जना क्षेत्रीको मृत्यु भएको छ ।
बेथरीको पुलमाथिबाट प्रहरीले प्रहार गरेको गोली लागेर बजार भर्न आएका उनीहरुको मृत्यु भएको स्थानीयबासीले बताएका छन् । प्रहरीबाट भने यसको पुष्टि भएको छैन् ।
प्रहरीले स्कर्टिङ गरी मालवहाक ट्रकलाई गन्तव्यमा लैजाने तयारी गरिरहेका बेला दुई पक्षबीच बेथरीमा झडप भएको हो ।

No comments:

Post a Comment