स्रोत-दैनिक नेपाल>>>महोत्तरी, २८ भदौ । आफू वार्ताको विरोधी नभएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताउनुभएको छ ।
आज दिउँसो महोत्तरीको बर्दिवास आउनुभएका अध्यक्ष महतोले पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै सरकारले वार्ताका लागि वातावरण बनाए आफूहरु वार्तामा बस्न तयार रहेको बताउनुभयो ।
सरकारसँग भएका पूर्व सम्झौताहरु कार्यान्वयन गरिए, सेना र निषेधाज्ञा फिर्ता भए आफूहरु मधेसको कुनै पनि स्थानमा वार्ता गर्न तयार रहेको अध्यक्ष महतोका भनाइ थियो । गोली र निषेधाज्ञाले समस्याको समाधान नहुने र जनताको अधिकार खोस्नेको पतन एकदिन भएरै छाड्ने अध्यक्ष महतोले बताउनुभयो ।
मधेसको लडार्इं अधिकार प्राप्त नहुन्जेलसम्मका लागि जारी रहने पनि उहाँले बताउनुभयो । रासस

No comments:
Post a Comment