Friday, 11 September 2015

असईलाई लखेटीलखेटी मारेपछि मधेसी मोर्चाविरुद्ध गृह मन्त्रालयको कडा प्रतिक्रिया Read more>>>

'मधेसी मोर्चा नृसंस र हिंस्रक गतिविधीमा लाग्यो'
स्रोत-दैनिक नेपाल>>>काठमाडौं, २५ भदौ । शुक्रबार दिउँसो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका आन्दोलनकारीले महोत्तरीमा घाइते सशस्त्र प्रहरी सहायक निरीक्षकलाई लखेटी-लखेटी हत्या गरेपछि सरकारले कडा प्रतिक्रिया जनाएको छ ।
शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले मधेसी मोर्चाले मध्य तराईमा आन्दोलनका नाममा नृसंस र हिंस्रक गतिविधि गरिरहेको ठहर गरेको छ । गृह प्रवक्ता लक्ष्मी ढकालद्धारा जारी विज्ञप्तीमा शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई यातना दिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने जस्ता ‘मानवीयताको कलंकजन्य’ क्रियाकलाप भएको जनाएको छ ।
महोत्तरीको जलेश्वरमा सशस्त्र प्रहरीका असई थमनबहादुर विकमाथि मधेसी मोर्चाबाट परिचालित हिंस्रक जत्थाले सांघातिक आक्रमण गरेको गृहले बताएको छ ।
विहान भएको आक्रमणमा परी गम्भीर घाइते भएका असईलाई उपचारका लागि जनकपुर लैजाने क्रममा महोत्तरीकै सोनुखडामा आन्दोलनकारीले एम्बुलेन्सबाट लखेटी लखेटी खेतमा लगेर खुकुरी र भाला रोपेर हत्या गरेका थिए ।
गृह मन्त्रालयले अराजक, उत्तेजक र अपराधिक व्यक्तिहरुले कर्फ्यू उल्लंघन गरेर घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण गरेर मोर्चाले आन्दोलनको आडमा कानुन हातमा लिलन खोजेको ठहर समेत गरेको छ ।
त्यसैगरी महोत्तरीको जलेश्वरमा बिहानैदेखि अराजक, उत्तेजक र आपराधिक व्यक्तिले निषेधाज्ञा उल्लङ्घन गरी घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण भइरहेको मन्त्रालयले जनाएको छ ।
धनुषामा पनि सुरक्षाकर्मीमाथि गाउँ गाउँबाट बालबालिका र महिलालाई मानव ढाल बनाई सरकारी कार्यालय तथा सार्जजनिक र निजी सम्पत्तिमाथि आगजनी र सुरक्षाकर्मीमाथि हातहतियार प्रयोग भएको मन्त्रालयले जनाएको छ । सो क्रममा प्रहरीले बल प्रयोग गर्दा एक प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ ।
Home-Ministry-statement

No comments:

Post a Comment