स्रोत-नेपाल संदेश>>> काठमाडौं असोज ९ । एमाले समर्थित अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जुत्ताको माला उपहार पठाएको छ ।
शनिबार प्रदर्शनी मार्ग स्थित रत्नराज्य क्याम्पस अगाडी भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन समेत गरीएको छ । अनेरास्ववियुले भारतीय अतिवादका विरुद्ध भन्दै भारत विरुद्ध सडक संघर्ष गर्ने चेतावनी समेत दिएको छ ।
अनेरास्ववियुका प्रवत्ता आरसी लामिछानेका अनुसार सार्वभौम सम्पन्न नेपाली जनताका प्रतिनिधिले बनाएको संविधानको विरोधमा नाकाबन्दी सुरु गरेको भारतको भण्डाफोर अभियान तीब्र पारिने छ ।
लामिछानेले भारतको घमण्ड चकनाचुर पार्ने क्षमता नेपाली जनतासँग रहेकाले भारत विरुद्ध आफुहरु लड्न तयार रहेको बताए ।
पुत्ला दहन पश्चात् आयोजित कोण सभामा अनेरास्ववियुका अध्यक्ष किशोर विक्रम मल्ल लगायतका नेताहरुले भारतीय विस्तारवाद विरुद्ध चर्का भाषण गरेका थिए ।

No comments:
Post a Comment