स्रोत-दैनिक नेपाल>>>काठमाडौं, ६ असोज । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शंकर पोखरेलले भारतको ७ बुँदे शर्तमा कडा आपत्ति जनाउनुभएको छ ।
बुधबार सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै नेता पोखरेलले नेपाललाई संविधान संशोधन गर्न दिएको ७ बुँदे शर्त पहिला आफ्नो देशमा लागू गरेर देखाउन भारतलाई चुनौति दिनुभएको हो । उहाँले भन्नुभएको छ-‘जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण गर्न अर्ति दिनेले आफ्नै मुलुकमा लागु गरेर देखाइदिए भयो नि । के त्यसो गर्न सम्भव छ ? भारत ।’
उहाँले भारतको शर्तमा आपत्ति जनाउँदै प्रश्न पनि गरेका छन् । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै भारतले विरोध तथा धम्कीपूर्ण चेतावनी दिइरहेको छ । बुधबार मात्रै भारतले संविधान संशोधन गर्न ७ बुँदे सुझाव दिएको थियो ।

No comments:
Post a Comment