Thursday, 10 September 2015

पहिचान बिना गुम्सिएको नेपाली राष्ट्रियता

नेपाली हु भनेर कसैले तपाईं नभनि आफै मपाइ गर्ने मनुवा हरु हो 
त को होस?? भनेर  एउटा नेपालि ले नेपाली लाई 
सोधेको छ कहिल्यै ??
यदि कुनै नेपाली ले सोधि हाले त को होस भन्ने प्रश्न मा 
म नेपाली हो भन्ने जवाफ दिन्छौ कहिल्यै ??
त को होस भन्ने सन्दर्भ मा नेपाली ले नेपाल भित्र कहिल्यै नेपाली हु भन्दैन ,भन्छ त केवल उसको क्षेत्र,उसको ब्यक्तिगत पहिचान।
जस्तै त को होस ??
म पुर्बेलि हु।
म झापालि हु।
म लिम्बू हु।
म किसान हु।
तर
कसैले नेपालि मात्र हु भनेर जवाफ दिदैन।

नेपालि हु भनेर त्यतिखेर राष्ट्रियता झल्काइन्छ जब एउटा बिदेशि ले सोधेको हुन्छ त को होस भनेर??
त्यतिखेर खुलेर म नेपाली हु भन्छौ।
सके सम्म हिमाल पहाड तराइको कुरा राख्छौ।
बुद्ध को कुरा गर्छौ। सगरमाथाको कुरा गर्छौ। झरना पहाड को अनि मौसम को पनि कुरा राख्छौ।
त्यति खेर बिदेशि नेपाल देखि ललायित हुन्छ।

तर केही अतिवादि एकल जातियवादि हरु आफ्नो भएको जातिको शक्ति पनि सकिन्छ कि अलिकति दम्भ भएको गर्व गर्ने पनि नाशिन्छ कि भन्ने संकोच ले नै ससंकित बनेको त्यो झूण्ड आज अरु नेपाली पहिचान लाई गलत देखाइ राष्ट्र को श्रोत साधन मा हुकुमत कायम गरि राख्न चाहन्छ।

तिमिहरु नेपाली पहिचान मान्न चाहदैनौ तर नेपाली हु भनेर गर्व गर्छौ भने तिमिहरु भ्रम मा छौ। त्यो नेपाली पन हैन त्यो एकात्मक एकल जातियवादि हुकुमत भनिन्छ।
हुन त तिमीहरु भ्रम मा भन्दा पनि बढि शोषकिपन मा रमाउने मान्छे तालि बजाउने जमात को हौ। 
त्यसैले नेपाल र नेपाली को ढोङ नरचे हुन्छ।
जय नेपाल...!!
बिक्रम लिम्बु मोरंग , हाल मलेशिया।

No comments:

Post a Comment