स्रोत-दैनिक नेपाल>>>काठमाडौं, २९ भदौ । नेपालमा असोज ३ गते संविधान जारी हुने मिति तय भएपछि मंगलबार संयुक्त राज्य अमेरिकाले सकारात्मक प्रतिक्रिया दिएको छ ।
नेपालमा जारी नयाँ संविधान निर्माण प्रक्रियाले विश्वको ध्यान आकर्षण गरिरहेको बताउँदै अमेरिकाले विश्वमै उदाहरणीय संविधान नेपालले बनाउने विश्वास लिएको छ । सबैले शान्तिपूर्ण र गैरहिंसात्मक तबरले आफ्नो कुरा राख्नुपर्नेमा पनि अमेरिकाको जोड रहेको छ ।
विश्वमा नेपाल शान्तिको देशका रुपमा चिनिएको बताउँदै जटिल परिस्थितीमा सुरक्षा निकायले पनि संयमता अपनाउनुपर्ने बताएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता जोन किर्वाईले नेपालको नयाँ संविधान आर्थिक विकासको आधार बन्नेमा अमेरिका विश्वस्त रहेको बताउनुभयो ।
उहाँले नेपालमा बन्न लागेको नयाँ संविधानले सबैको मौलिक हक तथा लैंगिक समानतालाई सम्मान गरेर सबै जाती, धर्म, वर्ग र समुदायलाई समेट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

No comments:
Post a Comment