Saturday, 26 September 2015

प्रधानमन्त्रीको उद्घोषः राष्ट्रियताको बिषयमा खुट्टा कमाउदिन

– विवेक विश्वकर्मा
स्रोत-दैनिक नेपाल>>>भैरहवा- ९ असोज । प्रधानमन्त्री सुशील कोईरालाले राष्ट्रियताको बिषयमा खुट्टा नकमाउने बताएका छन् ।
भैरहवामा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कोईरालाले अहिले सीमामा देखिएको समस्यालाई कुटनीतिक तवरले समाधानको प्रयास गर्ने बताए । सुरक्षा निकायका उच्च अधिकारी सहित भैरहवा आएका प्रधानमन्त्रीले अहिले सीमामा देखिएको समस्याले नेपाललाई नभई भारतलाई नै नोक्सान भै रहेको दाबी गरे । उनले यी समस्याहरु अबको केही दिनमा नै ठिक भएर जाने बताए ।
मधेश आन्दोलनकाम क्रममा रुपन्देहीमा भएका बिभिन्न घटनाहरुका बारे प्रधानमन्त्रीले चासो दिएका थिए । अहिलेको संविधान बिभिन्न आस्था र बिचार बोकेका पार्टीहरुको समेत भावनालाई समेटेर ल्याएको ‘सम्झौताको संविधान’ भएको उनले जिकिर गरे । नेपालको संविधान कल्पना नै नगरेको परिवर्तनको रुपमा आएको प्रधानमन्त्रीले टिप्पणी गरे । उनले बिभिन्न समुदायमा संविधान बारे अनावश्यक भ्रम फैलाईएको बताउँदै अहिलेको संविधान लोकतन्त्रको निम्ति अत्यन्त सकारात्मक रहेको दाबी गरे ।

No comments:

Post a Comment