Saturday, 12 September 2015

प्रहरी चौकी जलाउन खोज्ने सभासद् राय पक्राउ Read more>>>

स्रोत-अन्नपुर्ण>>> भाद्र २६,काठमाडौं : प्रहरी चौकीमा आगो लगाउन गएका एकजना सभासद्सहित चारजनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कबिलासीमा तोडफोड गरी आगो लगाउन खोज्ने सर्लाही क्षेत्र नं. ५ बाट निर्वाचित तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद् जंगीलाल राय प्रहरीको फन्दामा परेका हुन् ।

उनीसहित तमलोपाका कार्यकर्तारु विनय कर्ण, अनिश साथी र विजय रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक केदार ढकालले अन्नपूर्ण पोस्ट्लाई बताए ।

असईको कमाण्डमा रहेको सो प्रहरी चौहीमा सभासद् रायको नेतृत्वमा पुगेका मधेसी मोर्चाका कार्यकर्ताहरुले शुरुमा तोडफोड गरी पेट्रोल खन्याएर आगो लगाउन खोजेपछि प्रहरीले हिरासतमा लिएको हो ।

सभासद्सहितलाई पक्राउ गर्ने क्रममा प्रहरीले हवाई फायर समेत गरेको छ । मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार सर्लाहीकै हरिपुर्वास्थित अस्थायी प्रहरी चौकीमा आगजनी र तोडफोड गरेपछि प्रहरीले सुरक्षा बढाएको छ ।

त्यहाँको अवस्थालाई नियन्त्रणमा लिन सीमा सुरक्षा बल कबिलासी र नजिकका अन्य प्रहरी इकाइबाट टोली परिचालित गरिएको एसपी ढकालले जानकारी दिए । 

No comments:

Post a Comment