'संविधानको वरीपरी कालो बादल मडारिन थाल्यो'
स्रोत-दैनिक नेपाल>>>काठमाडौं, २७ भदौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो संविधानको वरीपरी कालो बादल मडारिन थालेको बताउनुभएको छ । उहाँले यसबीचमा धेरै षड्यन्त्र र चलखेल भएको बताउनुभयो ।
मधेसमा ठूलाठूला प्रदर्शन भएको बताउनुभएका उहाँले भन्नुभयो, ‘तराईमा राज्यले दमन गरेको भन्ने आरोप छ । सुरक्षाकर्मीको हत्या गर्ने काम पनि भएको छ ।’ ‘केही नेताहरूले मधेस अब छुट्टै देश बन्छ भन्नुभएको छ’, दाहालले भन्नुभयो, ‘देश टुक्राउने कुरा आत्मघाती छ, राष्ट्रघाती छ ।’ अध्यक्ष दाहालले अगाडि भन्नुभयो, ‘मधेस र मधेसी जनतालाई काठमाडौंबाट अलग्याउने कुरा राष्ट्रघाती हो । आत्मघाती हो । काठमाडौंबाट अलग्याउने कुरा कदापि जायज छैन । काठमाडौं बनाउन मधेसीले ठूलो योगदान पु¥याएका छन् । यहाँबाट अलग हुने होइन । अंश र अधिकार लिने कार्यमा लाग्नुपर्छ ।’
थारु, जनजाति र मधेसीका मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभएका अध्यक्ष दाहालले संविधानसभालाई असफल बनाउने तत्व सक्रिय रहेको बताउनुभयो । उहाँले गलत तत्वलाई चिरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले गलत तत्वको पहिचान गर्नुपर्ने उल्लेख गर्नुभयो । थारुका माग जायज रहेको बताउनु भएका उहाँले भन्नुभयो, ‘थारुले माओवादी आन्दोलनमा ठूलो योगदान पु¥याएका थिए । उनीहरूका सबै माग पूरा गर्न सकिएन ।’
‘नेपालका राजनीतिक दलका नेताहरू यो कालखण्डमा आफ्नै नेतृत्वमा भएका परिवर्तनलाई औचित्य पुष्टि गर्न सक्दैनन् की भन्ने कुरा आयो’, उहाँले भन्नुभयो, ‘यो संविधानसभाको अगाडि प्रश्न खडा भएको छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘आठ वर्षदेखि कोलको गोरु घुमेजस्तो । भुमरीमा घुमेजस्तो थियो । अकर्मान्यतामा फस्ने खतरा भएकै सन्दर्भमा १६ बुँदे हुँदै त्याग गरेर संविधान घोषणा गर्ने ठाउँमा आइ पुगेका छौँ ।’
उहाँले भन्नुभयो, ‘जनताको छोराको हैसियतले संविधानसभामा बोल्ने यो अन्तिम पटक हो ।’ जनताको त्याग र बलिदानका कारण नेपाली जनता सार्वभौम रहेको भन्दै दहालले संविधानसभाबाट संविधान निर्माणको अन्तिम चरणमा रहेको बताउनुभयो ।
वैठकमा कार्लमाक्सलाई स्मरण गर्नुभएका अध्यक्ष दाहालले अधिकार स्थापित गर्न आफूहरूका लागि चुनौती रहेको बताउनुभयो । ‘माननीय नारायणमान विजुक्छे र कमल थापा ज्यूको भनाइ खण्डन गर्नु छैन’, उहाँले भन्नुभयो, ‘२१औँ शताब्दीमा आवश्यता नयाँ रहेका छन् ।’
राष्ट्रिय एकताको रक्षाका लागि राजामहाराजाबाट सम्भव नरहेको बताउनुभएका उहाँले मनोवैज्ञानिक रुपमा नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । ‘एउटा यूगबाट अर्को यूगमा प्रवेश गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति टकराउनु स्वभाविक हुन्छ’, अध्यक्ष दाहालले भन्नुभयो, ‘विभिन्न शक्तिको स्वार्थ देखिनु स्वभाविक हो ।’
भारतबाट पाकिस्तान कसरी छुट्टियो सबैलाई थाहा रहेको बताउनुभएका अध्यक्ष दाहालले परिवर्तनले ठूला विपत्ति पनि निम्त्याउने उल्लेख गर्नुभयो । उहाँले विपत्तिकको सामना गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘परिवर्तनकारी र परिवर्तन नचाहने शक्तिबीच अन्तिम संघर्ष छ’, दाहालले भन्नुभयो ।
देश अझ ठूलो मुठभेडमा जाने देखेपछि असहमति हुँदाहुँदै पनि सहमतिमा गएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले संविधान निर्माणका लागि धेरै विषयमा सम्झौता गरिएको बताउनुभयो । उहाँले आफ्ना मुद्दा भने संविधानसभामा दर्ज गरिएको उल्लेख गर्नुभयो ।

No comments:
Post a Comment