Thursday, 10 September 2015

संविधानमा आजदेखि मतदान, प्रक्रिया कुनै हालतमा नरोकिने-अध्यक्ष सुवास नेम्वाङ

भदौभित्र संविधान जारी हुन्छ : सभामुख नेम्वाङ
काठमाडौँ, २५ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही भदौ मसान्तभित्र मुलुकले नयाँ संविधान पाउने बताउनुभएको छ ।
विहीबार साँझ पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले आज शुक्रबारकोे बैठकमा ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथिको जारी दफाबार छलफलमा शीर्ष नेतासहित कूल १० सभासद्ले भाग लिएपछि संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने जानकारी दिनुभयो ।
विधेयकमा कूल ५४ संशोधन प्रस्ताव प्रस्तुत भएका छन् । ती प्रस्ताव फिर्ता नलिइए ध्वनि मतका आधारमा स्विकृत वा अस्विकृत हुनेछ ।
असन्तुष्ट दललाई वार्तामा ल्याउन जारी प्रक्रिया रोक्ने कि भन्ने कुरा पनि सुनिन्छ नि भन्ने प्रश्नमा अध्यक्ष नेम्वाङले भन्नुभयो, ‘मलाई त्यो थाहा छैन, म आफ्नै धूनमा लागिरहेको छु, आउँदो आइतबारसम्ममा संविधान जारी गर्ने मिति स्पष्ट गरिनेछ ।’ यसबीचमा शनिबार पनि बैठक चल्ने उहाँले बताउनुभयो ।
संशोधन प्रस्तावबारे ध्वनि मतका लागि दुई दिन लाग्न सक्ने, त्यसपछि ती विषयलाई प्राविधिकरुपमा मिलाउन एक दिन सचिवालयलाई समय दिइने र त्यसपछि विधेयकको प्रत्येक धारा पारितका लागि मतदान प्रारम्भ हुनेछ । सो पारितका लागि अन्य अवरोध उत्पन्न नभएमा कम्तीमा दुई दिन लाग्ने अनुमान छ ।आजको दैनिक नेपालमा छापिएको छ। 

No comments:

Post a Comment