'वार्तामा बोलाउँदा पनि नटेर्नेलाई अब पर्खिनुहँदैन्'
स्रोत-दैनिक नेपाल>>>काठमाडौं, १७ भदौ । विभिन्न मागहरु राख्दै तराईमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई संविधानसभा मस्यौदा समितिका सभापति तथा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले कडा जवाफ फर्काएका छन् ।
वार्ताका लागि सरकार तयार नरहेको भन्दै मधेसी मोर्चाका सदस्य तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा जान्छु भनेको भोलिपल्ट विहीबार सिटौलाले अब संविधान बनिसकेपछि मात्रै आन्दोलनरत पक्षसँग वार्ता हुने बताएका छन् ।
बुधबार(हिजो) मात्रै मधेसी मोर्चाका नेता उपेन्द्र यादव र महन्थ ठाकुरले वार्ताका लागि सरकार तयार नभएको भन्दै मधेसीको रगतमा खेल्न खोजेको आरोप लगाएका थिए । वार्ताका लागि सरकारले बारम्बार बोलाउँदा समेत नटेरेको भन्दै महामन्त्री सिटौला निकै कडा रुपमा प्रस्तुत भएका हुन् । ‘वार्ताका लागि यसो गर्दा नी नहुने, उसो गर्दा नी नहुने’ नेपाली कांग्रेस संसदीय दलको बैठकमा महामन्त्री सिटौलाले भने–‘अब संविधान बनाएर मात्रै आन्दोलनरत पक्षसँग वार्ता हुन्छ ।’
सिटौलाको भनाईमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पनि समर्थन जनाएका छन् । कसैले भन्दैमा र आन्दोलन गर्दैमा अब संविधानसभाको प्रक्रिया कुनै पनि हालतमा नरोकिने सिटौलाले बताए । महामन्त्री सिटौलाले भने, ‘संविधान हामी नेपालीले बनाउने हो, हामीले संविधान बनाइसकेपछि कसैले च्यात्न सक्दैन ।’
उनले चार दलले दिएको समयसीमाभित्र वार्तामा आएर संविधान निर्माण प्रक्रियामा सहयोग गर्न आन्दोलनरत पक्षलाई आग्रह समेत गर्नुभयो । सरकारले बारम्बार वार्ता बोलाएको स्मरण गर्दै वार्तामा नआए संविधान निर्माण प्रक्रिया नरोकिने सिटौलाको स्पष्टोक्ति छ ।

No comments:
Post a Comment