Monday, 7 September 2015

मधेसीसँग भिड्न केपी ओलीले पठाए कमाण्डर Read more>>>

काठमाडौं भदौ २१ । तराईका कतिपय जिल्लामा एमाले पार्टी कार्यालयमाथि आगजनी गने र नेता कार्यकर्ताको घरलाई आन्दोलनकारीले निसाना बनाउन थालेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्रातृ संगठन युवा संघलाई प्रतिरोधमा उत्रन निर्देशन दिएका छन् ।
विशेष गरी युवा संघका कार्यकर्तालाई पार्टीमाथ गम्भीर षडायन्त्र हुन थालेको र त्यसले कालान्तरका पार्टी संगठनलाई नै असर गर्ने भएकोले प्रतिकार गर्नुपर्ने भन्दै ओलीले सुरुमा सद्भाव र्याली निकाल्ने यदि त्यसमा पनि निहुँ खोजे सोझै प्रतिकारमा उत्रन निर्देशन दिएका हुन् ।
ओलीको निर्देशनअनुसार भिड्न युवासंघले तराईका जिल्लाहरुमा कमाण्डर तोकेर पठाएको छ । युवा संघमा आन्तरिक विवाद हुँदाहुदै पार्टीमाथि बाह्य आक्रमण हुन थालेपछि उनीहरु भिड्न तयार भएका हुन् । युथ फोर्सका संयोजकसमेत रहेका चन्द्र लामाले सबै जिल्लामा केन्द्रबाटै प्रतिनिधि तोकेर पठाइसकेको जानकारी दिएका छन् । आजको तरुण साप्ताहिकमा खबर छ ।

1 comment:

  1. चन्द्र लामा यिनि त महा गान्डु पाे रहे छ.......

    ReplyDelete