Monday, 7 September 2015

राष्ट्रपतिले असोज ४ गते विशेष समारोहमा नयाँ संविधान घोषणा गर्ने ! यस्तो छ कार्यतालिका

कार्यतालिका संविधानसभा अध्यक्षलाई बुझाइयो
स्रोत-दैनिक नेपाल>>> भदौ २१,काठमाडौं, २१ भदौ । राष्ट्रपति रामवरण यादवले आगामी असोज पहिलो साता विशेष समारोहमा नयाँ संविधान जारी भएको घोषणा गर्नुहुने भएको छ ।
संविधानसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज ४ गते विशेष समारोहमार्फत् राष्ट्रपति यादवले संविधान घोषणा गर्नुहुने भएको हो । उक्त आन्तरिक कार्यतालिकालाई कार्यान्वयनका लागि सचिवालयले सभाध्यक्ष सुवास नेम्वाङको जिम्मा लगाएको छ ।
सचिवालयद्धारा प्रस्तावित कार्यतालिकामा मंगलवार बैठक सुरु भएपछि संविधान जारी नभएसम्म निरन्तर चल्ने व्यवस्था गरिएको स्रोतले जनाएको छ । संशोधन प्रस्ताव पेस गर्ने अवधि समाप्त भएकाले मंगलबार विहान बस्ने संविधानसभा बैठक संविधानको विधेयकलाई संविधानमा बदल्ने काममा केन्द्रित हुने बताइएको छ ।
एक सातासम्म दफावार छलफल गरी मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिनुहुने संविधानसभा सचिवालयका एक अधिकारीले जानकारी दिनुभयो । सिटौलाको जवाफपछि संशोधन प्रस्ताव फिर्ता नभएको खण्डमा मतदानमार्फत टुंगो लगाउने प्रक्रिया अवलम्वन गरिने छ ।
स्रोतका अनुसार त्यसपछि संविधानको धाराहरू ध्वनि मतका आधारमा पारित गरिने छ । तर ६१ सभासद्ले लिखित मत माग गरे सभाध्यक्षले लबी विभाजन गरेर मतदान गराउनुपर्ने प्रावधान छ । विभिन्न दलहरुको विरोध र आन्दोलनकाबीच सचिवालयले सोमबार कार्यतालिका तयार पारेर संविधान जारी हुने मिति घोषणा गरी सभामुख नेम्वाङलाई बुझाएको हो ।

1 comment:

  1. सनातनबादीहरु यक मत ले संबिधान सभा मा धर्म बिरुद्ध भोट हाल्ने को मत गणना गराउ
    हाम्रा सत्रु चिन्न सजिलो हुन्छ
    टिके सं बिधान स्वीकार न गर !
    हामी हिन्दू राष्ट्रा थियौं छौं हुन्छउं भन्ने शं खनाद गर !

    ReplyDelete