Thursday, 3 September 2015

लागुऔषधसहित दुई युवती समातिए Read more>>>

स्रोत- समाज सेतोपाटी>>> भदौ १७, प्रतिबन्धित लागूऔषध सहित दुई युवतीलाई प्रहरीले समातेको छ। समातिएका युवतीलाई लागूऔषधसहित बिहीबार सार्वजनिक गरिएको छ। झापाको दमकबाट बुधबार पक्राउ गरेका झापा शिवगंज–९ घर भई दमकमा डेरा गरी बस्ने २२ वर्षिया लिलिमा चौधरी र सोही ठाउँकी २२ वर्षिया पुजना लिम्बु रहेकी छन्।
प्रहरीले दुबैलाई कोठाबाट डाईजापाम एकसय १६ एम्पुल, लुपिजेसिक एकसय ८ एम्पुल र फेनारगन एकसय १८ एम्पुल बरामद् गरेको हो। उनीहरुले भारतको पानीट्यान्कीबाट लागुऔषध ल्याएर बेचविखन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
दुबैलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

No comments:

Post a Comment