स्रोत-एभरेष्टदैनिकडटकम>>> काठमाडौं, भदौ १८ । प्रहरी हिरासतमा रहेका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य आङ्गकाजी शेर्पाले राजनीतिक पूर्वाग्रह राखेर आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएका बताएका छन् । प्रहरीले शेर्पालाई विद्युतीय कारोबार ऐन अन्र्तगत दुई दिनअघि पक्राउ गरेको हो ।
‘म आदिवासी जनजातिको नेता पनि हुँ र राजनीतिककर्मी पनि हुँ । मैले आदिवासी थारु समुदायको पक्षमा बोलेको हुँ । मेरो फेसबुक वालमा त्यही अभिव्यक्ति दिएको हुँ । त्यो मेरो अभिव्यक्ति स्वतन्त्रताभित्र पर्छ । तर, प्रशासनले त्यसलाई विद्युतीय कारोबारको मुद्दा लगाउनु यो राजनीतिक पूर्वाग्रही व्यवहार हो’, हिरासतबाट शेर्पाले एभरेष्टदैनिकडटकमसँग भने ।
राज्यले जानाजान फसाउन खोजेको औंल्याउँदै शेर्पाले भने– ‘के म थारु समुदायको मुद्दा सही छ भन्दा, उनीहरुले अधिकार पाउनु पर्छ भन्दा म अपराधी, जातिवादी ? अनि थारुहरुले केही पाउनु हुन्न भनेर दमन गर्ने चाही सच्चा, सज्जन कसरी भए ? अब, यो विषयमा बहस गरौं । मेरो पक्राउलाई पुष्टि गर्नुपर्यो राज्यले ।’
शेर्पाले टीकापुर घट्ना पछि थारु समुदायमाथि अन्याय भएको भनि १३ बुँदे चर्को आलोचना गरेका थिए । ‘मेरो भन्दा कैयन कडा आलोचना गर्नेलाई कार्वाही छैन । म मथि राज्यले के गर्न खोजेको हो ? आदिवासीको मुद्दाको सम्बोधन हो या उनीहरु थप सडकमा आउन भनेको हो ? म त्यसको पर्खाइमा छु’, उनले भने । शेर्पालाई विहीबार चार दिनको म्याद थप गरी अहिले प्रहरी प्रभाग टेकुमा राखिएको छ ।
पार्टीका वरिष्ठ नेता अशोक राईले राजनीतिक पूर्वाग्रहमा आङ्गकाजीलाई पक्राउ गरिएको बताए । ‘मैले सदनमा हिजो कुरा उठाएँ । गृहमन्त्रीलाई भनेँ । तर, गृहमन्त्री ज्यु त कानुनी प्रक्रियाबाट हल हुन्छ भनेर प्रहरीले जस्तो जवाफ दिए । मैले वामदेब जीलाई भने तपाईं प्रहरी प्रमुख हुनु भएछ । मैले राजनीतिककर्मीको हैसियतमा कुरा गरेको हुँ भनेँ’, राईले भने । प्रहरी स्रोतका अनुसार शेर्पा विरुद्ध १३ बुँदे आरोप मात्रै नभई डेढ सय मुद्दा परेको बतायो ।

No comments:
Post a Comment