Tuesday, 1 September 2015

टीकापुर घटनामा संलग्न ८ जना एक हप्तापछि पक्राउ, मध्यराति को-को पक्राउ परे ? Read more>>>

स्रोत-दैनिक नेपाल>>> टीकापुर, १६ भदौ । गत सोमबार कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा ८ जनालाई प्रहरीले एक हप्तापछि पक्राउ गरेको छ ।
प्रहरीको सिभिल गस्तीमा खटिएको टोलीले आइतबार राति थापापुर गाविसका नवलपुर, थापापुर, खैरा, गौडचौरा गाउँबाट ८ जनालाई मध्यरातिमा घरबाटै पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जानकारी दिनुभयो । पक्राउ पर्नेमा जीतबहादुर थारु, वृजमोहन थारु, राजेश थारु, सनतराम थारु, राजेश चौधरी, किसन थारु, शीतलदास चौधरी रहेका छन् ।
उहाँका अनुसार घटनामा संलग्नहरुको छानबिनका लागि उनीहरुलाई पक्राउ गरी धनगढी लगिएको छ । अनुसन्धान पश्चात घटनामा संलग्नता नभएका निर्दोषलाई छाडिने छ । गत सोमबार टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र एक डेढ वर्षीय नाबालकको मृत्यु भएको थियो । घटनापछि अभियुक्तहरुको प्रहरीले व्यापक खोजी गरिरहेको छ ।

No comments:

Post a Comment