Tuesday, 1 September 2015

लालबाबुले भने-‘जातीय संघीयताले देश द्वन्द्वमा फस्छ, सकेसम्म कम प्रदेश बनाउ’Read more>>>

स्रोत-दैनिक नेपाल>>>काठमाडौं, १६ भदौ । मुलुक संविधान बनाउने प्रक्रिया अघि बढिरहेका बेला टीकापुरलयायत तराई–मधेसका विभिन्न ठाउँमा साम्प्रदायिक सद्भाव भाँड्ने शक्ति सक्रिय रहेको जनाउँदै विभिन्न नेता तथा कार्यकर्ताले चिन्ता व्यक्त गर्नुभएको छ ।
अनेरास्ववियुअन्तर्गतका थारु र मधेसी विद्यार्थी राष्ट्रिय समितिले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताले संविधानसभाबाटै लोकतान्त्रिक संबिधान बनाउन पहल गर्नुपर्नेमा केही व्यक्ति तथा समूह हिंसा भड्काएर संविधान नबन्ने खेलमा लागेको आरोप लगाउनुभयो ।
हाम्रो जस्तो बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुकमा सदियौंदेखि रहेको सामाजिक सद्भाव कायम राख्नुपर्ने बताउँदै उहाँहरुले जनतामा रहेका असन्तुष्टिलाई वार्ताबाटै समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अन्धजातिवाद, अन्धक्षेत्रीयतावाद जस्ता रोग समाप्त नगरेसम्म लोकतान्त्रिक संविधान बन्न गाह्रो हुने बताउनुभयो ।
धेरै सङ्ख्यामा प्रदेश बनाएर सङ्घीयतामा गएका देश विकसित हुन नसकेको बताउँदै उहाँले भन्नुभयो, “जातीय हिसाबले सङ्घीयतामा गएका मुलुक आन्तरिक द्वन्द्वमा फसेका छन्, अहिलेका सात प्रदेशलाई नै स्विकारेर शक्ति सन्तुलनको दस्तावेजका रुपमा संविधान आउनुपर्छ ।” रासस

No comments:

Post a Comment