स्रोत-दैनिक नेपाल>>>काठमाडौं, भदौ १९ । बलिउडका चर्चित संगीतकार आदेश श्रीवास्तवको निधन भएको छ । क्यान्सरबाट पिडित वास्तवको शुक्रबार राती पौने १ बजे निधन भएको हो । क्यान्सरको अन्तिम स्टेजबाट गुज्रिरहेको अवस्थामा उनी ४५ दिन देखी अस्पतालमा थिए । ५१ वर्षिय वास्तवको निधनमा अहिले बलिउड शोकमा डुबेको छ ।
उनी बलिउडका उत्कृष्ट संगीतकारको रुपमा मानिन्थे । उनले चलते चलते, कभी खुशी कभी गम, राजनीति,बागवान,बावुल, जस्ता हिटफिल्ममा संगीत दिएका थिए ।
अस्पतालमा रहँदा उनलाई भेट्न अभिताभ वच्चन, शाहरुख खान लगायतका चर्चित बलिउडकर्मी पुगेका थिए ।

No comments:
Post a Comment