“कस्तो विपी हाई भयो, झनक्क रिस पो उठ्छ ।” कतिपय साथीभाईले यसो भन्दा हामीसँग जवाफ हुँदैन । उपचार गराउन गयो भने उच्च रक्तचापको औषधी एकपल्ट सेवन गरेपछि निरन्तर सेवन गर्नैपर्ने सल्लाह चिकित्सकहरुले दिन्छन् । औषधी आएपनि समस्या, नखाए पनि समस्या ।
त्यसो भए के गर्ने त ? उच्च रक्तचापको समस्या आउन नदिन हामीले कुन कुन कुरामा ध्यान दिने ?
उच्च रक्तचाप र तनाव पछिल्लो समयमा आम मानिसका साझा स्वास्थ्य समस्या बनिरहेका छन् । असन्तुलित खानपान, व्यस्त तथा दौडधूपपूर्ण जिवनशैली, व्यायामको अभाव, बढि नुनिलो तथा फास्टफुडको अत्यधिक सेवनले गर्दा मानिसमा उच्च रक्तचापको समस्या देख्निछ। रक्तचाप सामान्य अवस्थाभन्दा बढि अर्थात् १४०/९० भन्दा माथि निरन्तर रुपमा रहिरह्यो भने त्यसलाई उच्च रक्तचाप भएको भनिन्छ । यद्यपि उच्च रक्तचाप आफैमा रोग होइन तर यसले अन्य रोगलाई जटिल बनाउँछ । जिवनशैली तथा खानपानमा सन्तुलन ल्याउने हो भने उच्च रक्तचापबाट बच्न सकिन्छ । उच्च रक्तचापबाट बच्ने केही उपाय निम्न छन् ।
१। जगिङ : नियमित रुपमा दौडनु वा हिड्नु स्वास्थ्यका लागि फलदायक हुने विभिन्न अध्ययनले देखाएका छन् । अनुसन्धानकर्ताहरुका अनुसार हप्तामा १ घण्टासम्म मात्र पनि जगिङ गरेमा ६ वर्षले आयु बढ्छ । जगिङले बहुआयामिक स्वास्थ्य लाभ दिने शोधकर्ताहरुको दाबी छ । यसले रगतले अक्सिजन लिने दरमा वृद्धि गर्नुका साथै रक्तचाप सन्तुलन गर्न सघाउ पूराउँछ । जगिङ होस् वा अरु कुनै शारीरिक क्रियाकलाप त्यसले मुटुलाई सक्रिय तथा ससक्त बनाउने र रगत पम्प गर्ने प्रक्रियालाई सहज बनाउने हुनाले रक्तनलीहरुमा दबाब कम पर्छ । यसका कारण रक्तचाप स्वतः सन्तुलित बन्दछ ।
२। पर्याप्त मही खानुहोस् : उच्च रक्तचापका रोगीलाई महीको सेवन निकै लाभदायी हुने मात्र होइन स्वस्थ व्यक्तिले नियमित मही खाँदा यसले रक्तचाप बढि हुने जोखिम पनि घटाउँछ । अध्ययन अनुसार दिनको एक कप मही खाने हो भने उच्च रक्तचापको जोखिम एक तिहाइले घट्छ । महीमा पाइने क्याल्सियमले रक्तनलीलाई बलियो तथा लचकदार बनाउने हुँदा रक्तनलीको सहज फैलावटकाका कारण दबाब कम भई रक्तचाप नियन्त्रित हुन्छ ।
३। केरा खानुहोस्: केरामा प्रसस्त पोटासियम लवण पाइन्छ । केराजस्ता पोटासियमले भरिपूर्ण फलफूलको सेवनका साथै नूनको कम सेवनले रक्तचाप बढ्ने जोखिम घटाउँछ । पोटासियमले सरीरमा तरल पदार्थको सन्तुलनलाई कायम राख्दछ जसका कारण रक्तचाप नियन्त्रित हुन्छ । विज्ञहरुले रक्तचापलाई सन्तुलनमा राख्नका लागि दिनमा ५ वटा सम्म केरा खान सुझाव दिन्छन् ।
४। नूनको खपत घटाउनुहोस्: नून बढि खाँदा स्वतः रक्तचाप बढ्दछ । रगतमा नून घोलिने भएकाले रक्तनलीमा रगतको मात्रा तथा चाप बढ्न जान्छ । केवल बढि चर्को तरकारी नखाने मात्र होइन नून बढि हुने विभिन्न खाले फास्टफूडको सेवन पनि कम गर्नुपर्छ ।
५।वजन नियन्त्रण गर्नुहोस्: मोटोपन रोगको घर हो भन्ने उखानै छ । मोटोपनाले उच्च रक्तचाप लगायत विभिन्न खाले हृदयरोगको जोखिम बढाउँछ । शोधकर्ताहरुका अनुसार केही किलो मोटोपना घटाउँदा मात्र पनि रक्तचाप उल्लेखनीय मात्रामा कमी आउँछ ।
६।धूमपान नगर्नुहोस्(:धुम्रपान उच्च रक्तचापको मुख्य कारक तत्व हो । चुरोटमा भएको निकोटिनले सरीरका ग्रन्थीलाई उत्प्रेरित गर्छ जसका कारण एड्रिनलिन हर्मोनको उत्पादन बढ्दछ । यो हर्मोनका कारण मुटुको धड्कन तिब्र बन्दै जान्छ जसका कारण रक्तनलीमा दबाब बढ्दा रक्तचाप पनि बढ्दछ ।
७। काम घटाउनुहोस्:अत्यधिक व्यस्त जिवनशैली तथा कामको धपेडी उच्च रक्तचापको एक मुख्य कारण बनेको छ । एक अध्ययन अनुसार निरन्तर हप्तामा ४० घण्टा काम गर्दा सरीरको रक्तचाप १४ प्रतिशतले बढ्दछ । ओभरटाइम काम गर्ने बानीले रक्तचाप अझै बढ्ने अध्ययनको निष्कर्ष रहेको छ । हप्तामा ४० घण्टाभन्दा कम काम गर्नेमा भन्दा ५१ घण्टा बढि काम गर्नेमा उच्च रक्तचापको जोखिम २९ प्रतिशत बढि पाइएको छ ।
८। घुर्ने बानी छ रु सचेत हुनुहोस् :यदि तपाइँमा सुतेको बेला घुर्ने बानी छ भने होसियार हुनुहोस्, तपाइँलाई उच्च रक्तचापको समस्या हुनसक्छ । त्यसैले आफ्नो रक्तचाप परीक्षण गरी सावधानीका उपाय अपनाइहाल्नुहोस् । पर्याप्त निद्रा सुत्नुहोस् ।
९। कफी कम खानुहोस्: बढि कफी तथा कफिजन्य पदार्थ खाँदा त्यसले रक्तचाप बढाउने अनुसन्धानकर्ताहरु बताउँछन् । दैनिक ५०० मिलिग्राम (तिन कप० कफी खाँदा कालान्तरमा रक्तचाप ३ प्वाइन्टले बढ्ने शोधकर्ताहरु बताउँछन् । कफीमा हुने क्याफाइन तत्वले रक्तनलीलाई दह्रिलो बनाउने र त्यसले रक्तचाप बढाउने बताइन्छ ।
१०। गाजरको जुस: नियमित रुपमा गाजर, गान्टेमूला तथा लौकाको जुस खानु रक्तचाप सन्तुलनका लागि उपयोगी हुन्छ ।
११ । खानपानमा ध्यान पु¥याउने
उच्च रक्तचाप भएका व्यक्तिहरुले दैनिक खानपानमा विशेष ध्यान दिनु पर्दछ । खानामा नून, चिनी र घ्यू, तेलको मात्रा कम हुनु जरुरी छ । उच्च रक्तचाप भएकाहरुलाई मधुमेह, यूरिक एसिड, उच्च रक्तकोलेस्ट्रोल पनि हुने संभावना पनि त्यत्तिकै हुन्छ । यी रोगको नियन्त्रणका लागि पनि खानपिनमा विशेष ध्यान पु¥याउनु जरुरी हुन्छ । मुटु र आहारबारे पनि चनाखो हुनुपर्छ । कतिपय खाद्यपदार्थहरु यस्ता पनि छन् जसले रक्तचाप नियन्त्रणमा सहयोग पु¥याउँछन् । यस्ता केही खाद्य पदार्थ यस प्रकारका छन् ।
उच्च रक्तचाप भएका व्यक्तिहरुले दैनिक खानपानमा विशेष ध्यान दिनु पर्दछ । खानामा नून, चिनी र घ्यू, तेलको मात्रा कम हुनु जरुरी छ । उच्च रक्तचाप भएकाहरुलाई मधुमेह, यूरिक एसिड, उच्च रक्तकोलेस्ट्रोल पनि हुने संभावना पनि त्यत्तिकै हुन्छ । यी रोगको नियन्त्रणका लागि पनि खानपिनमा विशेष ध्यान पु¥याउनु जरुरी हुन्छ । मुटु र आहारबारे पनि चनाखो हुनुपर्छ । कतिपय खाद्यपदार्थहरु यस्ता पनि छन् जसले रक्तचाप नियन्त्रणमा सहयोग पु¥याउँछन् । यस्ता केही खाद्य पदार्थ यस प्रकारका छन् ।
प्याजले रगतलाई पातलो पार्छ , कोलेस्ट्रोल घटाउँछ । प्याजले एस्प्रिन औषधिको काम गर्दछ । प्रतिदिन ५० ग्राम काँचो प्याज खानाले उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुग्दछ । त्यस्तै भट्मासले पनि कोलेस्ट्रोलको स्तर कम गर्दछ र एचडीएलको मात्रा बढाउँछ । तरबुजाको सफा बाहिरी भाग जसलाई प्रायः सधै फ्याँकिदिने वा जनावरलाई खुवाइने गरिन्छ, त्यसबाट निस्कने रसले उच्च रक्तचाप कम गर्नुका साथै शरीरमा शीतलता प्रदान गर्छ । यसैगरी पुदिनाको चिया धमनीका लागि राम्रो मानिन्छ । यो हृदयको धड्कन कम गर्न लाभदायी छ । रक्तचापलाई तुलसीले कम गर्दछ । ५ देखि १० वटासम्म तुलसीको पात धोइ यसलाई लेदो बनाएर दही या महीसँग बिहान सवेरै सेवन गर्नु पर्दछ ।
गहुँको बिरुवाको रस रक्तचाप कम गर्नमा राम्रो मानिन्छ । प्रतिदिन १०–१५ ग्राम गहुँको घाँस यसका लागि पर्याप्त हुन्छ । उच्च रक्तचाप भएका व्यक्तिका लागि आहारामा पोटासियमयुक्त खाद्यपदार्थ प्रयोग गर्नु लाभदायी हुन्छ । पोटासियमले मुटुको कार्यमा सकारात्मक असर पार्दछ । यसका महत्वपूर्ण श्रोतहरु– गहुँ, खजुरी, आलु, बदाम, बन्दा, केरा तथा अन्य फलको रस, बीउ खरबुजा आदि हुन् ।
क्याल्सियमले रक्तचाप घटाउन मद्दत पु¥याउँछ । क्याल्सियम दूध र दूधबाट बनेका चिजहरुबाट, हरियो पात भएका तरकारीहरुबाट, रसदार, फलबाट, हरियो केराउबाट, बदामबाट, तिल र सूर्यमुखीको बीउबाट प्राप्त गर्न सकिन्छ । उच्च रक्तचाप कम गर्न धूमपान र सूर्ती सेवन गर्नु हुँदैन । सुर्तीले धमनी कडा र साँगुरो बन्ने प्रक्रिया बढाउँदछ । रक्तचाप घटाउन इच्छुक व्यक्तिहरुले धूमपान र सूर्ती पूर्णतया बन्द गर्नु पर्दछ । त्यस्तै थोरै मदिरा राम्रो र धेरै मदिरा सेवन नराम्रो भन्ने भनाइ भएता पनि मदिरा सेवन पूर्णतया बन्द गर्नु नै उत्तम मानिन्छ ।स्रोत-दैनिक नेपाल

No comments:
Post a Comment