स्रोत-दैनिक नेपाल>>>काठमाडौं, भदौ १९ । प्रमुख तीन दल नेपाली काँग्रेस, एमाले र एमाओवादीबीच अहिले सात प्रदेश नै कायम गरेर अघि बढ्ने सहमति भएको छ । प्रमुख तीन दलको र्बठले यस्तो सहमति गरेको हो । तर, थारु समुदायको माग सीमांकन आयोग बनाएर टुङ्गो लगाउने सहमति भएको छ ।शनिबार बेलुकी सिंहदरवारमा बसेको तीन दलका शीर्ष नेताहको बैठकमा संयुक्त रुपमा संशोधन दर्ता गर्ने सहमति पनि गरेको छ । सभासदहरुले हालेको संशोधन प्रस्ताव प्रक्रियामा गएर फिर्ता लिने सहमति पनि भएको छ ।
अहिले सात प्रदेशको सीमांकन कायम रहने र थारु समुदायको विषय आयोग बनाएर टुङ्गाउने सहमति भएको एमाओवादी अध्यक्ष प्रचण्डले जानकारी दिएका छन् । बाग्लुङ नटुक्रने भएको छ भने रुकुमको विषय सीमांकन आयोगले टुङ्गो लगाउने सहमति भएको पनि उनले जानकारी दिए । चार दलबीच धर्मनिरपेक्षता कायमै राख्ने सहमति भएको छ । तर, यसको ब्याख्या गरेर संविधानमा राखिनेछ ।
बैठकमा जनजाति, मुस्लिम, मधेसी र थारु आयोग गठन गर्ने र १० वर्षमा पुनरावलोकन गर्ने सहमति भएको छ । तर थ्रेस होल्ड नराख्ने सहमति भएको एमाले नेता माधवकुमार नेपालले जानकारी दिएका छन् ।

No comments:
Post a Comment