Sunday, 6 September 2015

आङ्काजीलाई छुटाउन राजनीतिक दवाव, प्रधानमन्त्रीले छाड्ने आश्वासन दिए Read more>>>

स्रोत-दैनिक नेपाल>>>काठमाडौं, २१ भदौ । सामाजिक सद्भाव भड्काउन र उत्तेजना फैलाउने कुरा फेसबुकमा लेखेको अभियोगमा पक्राउ परेका सङ्घीय समाजवादी फोरम, नेपाल का केन्द्रीय सदस्य आङकाजी शेर्पालाई विनासर्त रिहा गराउन राजनीतिक दवाव सुरु भएको छ ।
विद्युतीय (इलेक्ट्रिोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा चलाउने महानगरीय प्रहरी अपराध अनुुसन्धान महाशाखाको तयारीबिरुध्द राजनीतिक पहल अगाडि बढाउन संघीय समाजवादी फोरमका नेताहरूले पहल थालेका हुन् ।
आइतबारस साँझ संघीय समाजवादी फोरमका नेताहरूले बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालालाई भेट गरी आङ्काजी शेर्पा निर्देश रहेको दाबी गरे । उनीहरूले निर्दोश आङ्काजीलाई रिहा गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।
संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलमा सोही दलका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्यद्वय अजम्बर राई काङमाङ, आङदेण्डी शेर्पा, नेपाल शेर्पा सङ्घका अध्यक्ष ए.डी. शेर्पा र जनजाति महासङ्घका उपाध्यक्ष डण्डु ढोक्प्या सहभागी हुनुहुन्थ्यो ।
भेटमा प्रधानमन्त्री कोइरालाका साथमा वनमन्त्री महेश आचार्य पनि रहनुभएको थियो ।
भेटवार्तामा प्रधानमन्त्री कोइरालाले प्रतिनिधि मण्डललाई आन्तरिक सारोगारोका बाबजुद शेर्पाको रिहाको एजेण्डा राजनीतिक विषय भएको भन्दै आज (सोमबार)को क्याबिनेट बैठकमा लाने आश्वासन दिनुभएको संघीय समाजवादी फोरम नेपालले जनाएको छ ।

No comments:

Post a Comment